तपाईँ सुन्दै हुनुहुन्छः

छिन्नमस्ता मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा गरियो 

सप्तरी। मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा बडा दसैँको अवसरमा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा भएको छ ।

छिन्नमस्ता मन्दिर समितिको आग्रह तथा नेपाली सेनाको सहयोगमा आज शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा मन्दिर प्राङ्गण भरि करिब १५ मिनेट हेलिकप्टरबाट पुष्पवृष्टि गरेको हो ।

मन्दिरको इतिहासमा बडा दशैको अवसरमा पहिलोपटक मन्दिरको चारैतिर पुष्प वर्षा गर्न सफल भएको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए । 

मन्दिरमा भएको पुष्प वर्षाले छिन्नमस्ता मन्दिरको विश्व सामु थप प्रचारप्रसार हुने, धार्मिक आस्था तथा मन्दिर प्रति श्रद्धालु भक्तजनहरूको विश्वास बढ्ने कुरा मन्दिर रहेको वडा नम्बर ३ का वडा अध्यक्ष विजय कुमार यादवले जानकारी दिँदै यस्तो कार्य गर्ने मन्दिर समिति र नेपाली सेनालाई धन्यवाद समेत ज्ञापन गर्नु भयो ।

त्यसैगरी मन्दिर समितिले ६५ किलो सयपत्री पुष्प नेपाली सेनालाई उपलब्ध गराएको पिठाधिस ठाकुरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button