तपाईँ सुन्दै हुनुहुन्छः

मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल हुने

काठमाडौँ । फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।

४० वर्ष माथिका फुटबलरहरूको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौँ उपत्यकाका टोली दर्ता गर्न २० हजार रुपैयाँ र उपत्यका बाहिरका टोली दर्ताका लागि ५ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन खेल वीरगन्ज युथ एकेडेमी र श्रीकुमारी क्लबबिच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button