तपाईँ सुन्दै हुनुहुन्छः

सडक मर्मत नहुँदा र पहिरोका कारण अरनिको राजमार्गमा कष्टकर यात्रा

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत पर्ने धुलिखेलदेखि बेलेफीसम्मको सडक हिलाम्मे हुँदा यात्रुहरूलाई यात्रा गर्न कठिनाइ भएको छ ।

दशैँ नजिकिएसँगै काठमाण्डौँबाट गाउँ फर्किनेहरूको चाँप बढ्दो छ तर पनि समयमै बाटो मर्मत कार्यमा ढिलाइ हुँदा गाउँ आवतजावत गर्ने यात्रुलाई समस्या हुने गरेको छ । बाटोको ठाउँ–ठाउँमा पहिरो खसेको कारणले यात्रा सकसपूर्ण रहेको यात्रीहरूको गुनासो छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button