तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन मन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक,रोकिएका विमान आजैबाट उडान हुने सम्भावना 

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्न आग्रह गर्नु भएको छ।

विमान परिचालकहरूको आन्दोलन पछि उडान रद्द हुँदा दुबई र हङकङका दुई वटा उडान रद्ध भएका थिए । ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक/परिचारिका )  हडतालमा उत्रिएपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गर्नु भएको हो।

छलफलका कममा मन्त्री पाण्डेले भन्नु भयो, निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछु‌ट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुङ्गो लगाएको छैन। यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन ?  यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्‌छौ। चाडबाड र सङ्कटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिइदिनुहोस् ।

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरूले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुङ्गोमा पुग्ने विश्वास दिलाएका छन् । निगममा कार्यरत परिचारिका/परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button