तपाईँ सुन्दै हुनुहुन्छः

लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी: हिजबुल्लाह 

बेरुत,लेबनान । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी  झडपमा सक्रिय रहेको शनिबार जनाएको छ।  

“इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा  उल्लेख गरिएको छ । निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट “पछि हट्न“ बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ ।

इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा “साल्वो रकेटू साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमाण  गरेको बताएको छ । हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् । 

 विस्थापितहरूको उचित व्यवस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लाहलाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ  भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ । रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button