तपाईँ सुन्दै हुनुहुन्छः

उद्धार कोषमा एकै दिन साँढे तीन करोड रकम हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकै दिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतहरूले संस्थागत सहयोगको चेक हस्तान्तरण गर्नुभएको हो ।

कोषमा कृषि विकास बैङ्कबाट रु एक करोड ५० लाख, नागरिक लगानी कोषबाट रु ५१ लाख, एसबिआइ बैङ्कबाट रु २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट रु ३१ लाख, नेपाल पूर्वाधार विकास बैङ्कबाट रु २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट रु ५१ लाख रकम हस्तान्तरण भएको हो ।

सहयोग गर्ने संस्थाहरूप्रति धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले किसानहरूको पाकिसकेको बाली समेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट पनि सहयोगको क्रम जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button