तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गर्नुभएको छ । 

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराउनुभएको थियो । 

अध्यक्ष दाहाल स्वीट्जरल्याण्डमा हुने अन्तरव्यवस्थापिका सङ्घको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button