मोटरसाइकलको ठक्करबाट लमही नगर विकास समितिका कर्मचारीको मृत्यु
दाङ । दाङ- देउखुरीमा मोटर साइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका-६ कुलामोहर बस्ने वर्ष ४६ का मंगल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिनु भयो । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुनुहुन्छ । मोटरसाइकलले हिजो विकलाई ठक्कर दिएको थियो ।
हिजो बिहीबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटर साइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा लमही नगर विकास समितिका कार्यालय सहयोगी विक गम्भीर घाइते हुनु भएको थियो ।
गम्भीर घाइते विकलाई उपचारका लागि कोहलपुर रिफर गरिएको थियो उहाँको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका( ८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ
प्रतिक्रिया राख्नुहोस्