तपाईँ सुन्दै हुनुहुन्छः

त्रिकोणात्मक टि ट्वान्टी सिरिज : अन्तिम खेलमा ओमानसँग खेल्दै नेपाल

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग खेल्दै छ ।

उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबिचको खेल किंग सिटीमा नेपाली समय अनुसार आज बेलुका ९ः४५ बजे सुरु हुदैछ ।

३ देशले एक आपससँग समान २ खेल खेलेपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । नेपाल ओमानलाई हराउँदै उपाधि सम्भावना कायमै राख्न चाहन्छ । ओमानसँगको यो खेलमा पराजित भए नेपालको उपाधि सम्भावना समाप्त हुनेछ ।

यो खेलमा जित हासिल गरेमा बिहीबार हुने ओमान र क्यानडाबिचको खेलबाट नेपालको उपाधि सम्भावनाबारे स्पष्ट हुन्छ । ओमानले सानो अन्तरमा क्यानडालाई हराएमा नेपालले उपाधि जित्नेछ । क्यानडा विजयी भएमा घरेलु टोली नै च्याम्पियन हुनेछ ।

नेपालले सोमवार ओमानलाई ३७ रनले हराएको थियो । आज पनि सोही नतिजा दोहोर्‍याउने लक्ष्यमा नेपाल रहेको छ । नेपाल क्यानडासँग दुवै खेलमा पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button