तपाईँ सुन्दै हुनुहुन्छः

रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

सिरहा I लहान नगरपालिका–२ मिलनचोकमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो । यसबाट  करिब २० घरपरिवारमा प्रभावित भएका छन् । 

गत शनिबार वर्षा भइरहेको समयमा रुख दिनेश यादव र श्यामलाल यादवको घरमा ढलेपछि उनीहरूको परिवार विचल्लीमा परेका छन् । रुख हटाएर विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको लहान–२ का वडाध्यक्ष सियाराम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “वन कार्यालयसँग समन्वय गरी रुख हटाउने प्रयास गरिएको छ । सम्भवतः आज वन कार्यालयको प्राविधिक टोलीले रुख हटाउने छ । रुख हटाएपछि विद्युत् प्राधिकरण लहान वितरण केन्द्रमा सेवा सञ्चालनका लागि अनुरोध गर्छौँ ।”

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले रुख हटाउने तयारी गरिएको जानकारी दिनुभयो । रुख हटाउन ढिला हुँदा पुनः ढल्ने सम्भावना भएकाले घरभित्र बस्न समस्या भएको पीडित श्यामलालले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button