तपाईँ सुन्दै हुनुहुन्छः

कोसी ब्यारेजमा पानीको बहाव झण्डै छ लाख क्युसेक

सुनसरी । कोसी ब्यारेज भएर बग्ने पानीको बहाव झण्डै छ लाखभन्दा क्युसेक पुगेको छ ।

पछिल्लो समय कोसी ब्यारेज कन्ट्रोल रुमले गरेको मापनअनुसार पाँच लाख ९० हजार ३८५ क्युसेक पुगेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

कोसी ब्यारेज भएर पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । बाढी कोशीको पुलमाथिबाट पनि बगेको उहाँले जानकारी दिनुभयो ।

बाढीको बहाव उच्च भएपछि कोशीमा सवारी आवतजावत पनि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

कोसी ब्यारेजमा पानीको बहाव बढेपछि ब्यारेजको ५२, सुनसरी नहरको दुई र सप्तरीतर्फ नहरको दुई गरेर ५६ वटै ढोका खोलिएको छ ।

पानीको बहाव उच्च भएपछि सवारी तथा मानिसको आवागमनमा अर्को सूचना जारी नहुन्जेलका लागि बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button