तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ खेलाडीको शव भेटियो

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा सञ्चालन गरेको आवासीय व्यवस्था सहितको प्रशिक्षण केन्द्रका पहिरोमा परेका सबै ६ खेलाडीको शव फेला परेको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित वात्सल्यदेवी उच्च माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना खेलाडीमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए ।

उनीहरू सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

यता एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीका अनुसार बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान, दिवश बानियाँ र सुमन योञ्जन, काठमाडौँका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन् । एन्फाले गत वर्ष श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेर नियमित अध्ययनका साथै नियमित फुटबल प्रशिक्षणसमेत दिने गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button