तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरको एन्फा एकेडेमीमा पहिरो : चार विद्यार्थीको मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा शनिबार बिहान आएको पहिरोले ठूलो क्षति पुर्‍याएको छ। पहिरोमा पुरिएका ६ विद्यार्थीमध्ये चारजनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन्।

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार, शव फेला परेका विद्यार्थीहरूको पहिचान खुल्न बाँकी छ। बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान, दिवश बानियाँ र सुमन योञ्जन, काठमाडौँका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी रहेका छन्।

घटना सिस्नेरी खोलामा बाढी आएपछि विद्यार्थीहरू सुरक्षित स्थानतर्फ जाने क्रममा माथिबाट आएको पहिरोले पुरिँदा भएको थियो। एकेडेमीमा कुल ४० विद्यार्थी अध्ययनरत थिए।

सुरक्षित रहेका ३४ विद्यार्थीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लैजान थालिएको छ। एन्फाले गत वर्षदेखि यस स्थानमा श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गरी विद्यार्थीहरूलाई नियमित अध्ययनका साथै फुटबल प्रशिक्षण दिँदै आएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button