तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा करिब पाँच सय घर डुबानमा

सप्तरी । सप्तरीमा पछिल्लो तीन दिनदेखिको अविरल वर्षाका कारण तिलाठी कोईलाडी गाउँपालिकाका करिब पाँच सय घर डुबानमा परेको छ।

पालिकाको वडा नं–३ सकरपुरामा ७५ घर, वडा नं–४ कोईलाडीको चट्टीटोल मुखिया टोल मुसहर बस्ती राम टोलमा गरी २०० घर डुबानमा परेका छन् । यसैगरी वडा नं–५ को राम खंग टोलमा ५० घर साह पण्डित टोलमा ३० घर बनरझुलामा २० घर कुशहामा ३५ घर टिकुलियामा ३० घर दास टोलमा ३० घर डुबानमा परेका छन्।

यसैगरी वडा नं ७ को नवटोलिया मा २५ घर डुबानमा परेका छन्। पालिकाको वडा नं–७ को सरदार टोलका बाढी प्रभावितहरू लाई गाउँपालिकाको कार्यालयले भुजा, भुजिया, नुन, चाउचाउ र खाने तेल वितरण गरिएको छ।

गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल वडा नं–४ का अध्यक्ष मुनिलाल मुखिया वडा नं–५ का अध्यक्ष ललन प्रसाद राउत वडा नं–७ का अध्यक्ष हरि नारायण मण्डल, विपद व्यवस्थापन अधिकृत राजेश कुमार झा सहितको टोलीले शनिवार बिहान देखि वडाहरूमा स्थलगत अवलोकन निरीक्षण गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button