तपाईँ सुन्दै हुनुहुन्छः

काभ्रेमा पहिरोमा पुरिएर १० जना बेपत्ता, बल्थलिको थुम्की गाउँ नै पहिरोले बगायो

बिपद व्यवस्थापन गर्न सर्वदलीय बैठक बस्दै

काभ्रेपलाञ्चोक :  लगातारको अविरल बर्षाका करण काभ्रेमा पहिरोमा पुरिएर १० जना बेपत्ता भएका छन् भने वि.पी र अरनिको दुई राजमार्गसहित अधिकांश सडक अवरुद्ध भएका छन् ।

जिल्लाको बेथानचोक गाउँपालिका–५ च्याप्टीस्थित पहिरोमा पुरिएर स्थानीय ४५ वर्षीय प्रेम बहादुर बाइवाको निधन भएको बेथान्चोक प्रहरीले जानकारी दिएको छ ।

घर जाने क्रममा पहिरोमा पुरिएर ४५ वर्षीय प्रेम बहादुर बाइवाको निधन भएको वडा अध्यक्ष राजकुमार बाईँवाले जानकारी दिनुभयो ।

त्यस्तै बनेपा-१४ खाल्चोकमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । बनेपा १० मा ५ वर्षीय बालक पहिरोमा  पुरिएको अवस्थामा फेला परेको काभ्रे प्रहरीले जनाएको छ ।

To:t} बेथान्चोक– ४ सलान्दु खोला आसपासका धेरैजसो घर टहरासमेत पहिरोले डुबाएको अध्यक्ष 5 .

पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । गयराती गाउँमाथिबाट पहिरो आएसँगै स्थानीयको भागाभाग भएको थियो । पहिरोमा परेर ४ जना बेपत्ता छन् । अर्जुन भण्डारीको घर पहिरोले बगाएको छ । भण्डारीको घरमा पाहुना आएका ४ जना बेपत्ता रहेको बताइएको छ । स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ । पहिरोमा परि करिब ५०-५५ घर तथा गोठमा क्षेती पुगेको पनौती नगरपालिका उपप्रमुख गीता बन्जराले जानकारी दिनुभयो ।

बल्थली भ्यु प्वाइन्ट रेस्टुरेन्टमा २ जना विदेशी नागरिक समेत सङ्कटमा परेका छन् । चारै तिर पहिरोका कारण  उद्धारमा कठिनाइ भएको काभ्रे प्रहरीले जनाएको छ । अविरल वर्षा र निरन्तर पहिरोले सो क्षेत्रमा सडक, फोन र बत्ती अवरोध भएकाले क्षतिको थप विवरण आउन बाँकी छ ।

यसैबिच निरन्तरको वर्षाले अरनिको राजमार्ग र विपी राजमार्ग अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत साँगा बनेपा र धुलिखेल खावा सडक अवरुद्ध भएको छ भने बनेपा डुबानको कारणले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । बाढी पहिरोका कारण काभ्रे जिल्लाका अधिकांश सडक यतिबेला अवरुद्ध भएका छन् । रोशीखोलाले बिपी मार्गको नेपालथोक खण्डमा प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक झारेर राजमार्ग अवरुद्ध भएको काभ्रे प्रहरीले जनाएको छ । 

त्यस्तै तेमाल गाउँपालिका वडा नं. ७ चापाखोरीमा दुई घर भत्किदा सोही घरकी पाताली तामाङ र मृतक पातालीको घरमा मकै भाँच्ने काममा सघाउन आएकी धुल्खु निवासी उनको आफ्नै बहिनीको समेत मृत्यु भएको छ । घटनापछि प्रहरी चौकी नारायणथानबाट प्रहरी पुगे पनि अविरल बर्षाका कारण शव निकाल्न सकिरहेको छैन । रोशी–३ भँडारेमा दिदी भाइ पहिरोमा पुरिएको स्थानीयले जानकारी दिएका छन् । बिहीबारदेखि लगातार भएको वर्षापछि काभ्रे जिल्लामा धेरै नै धनजनको क्षति भएको छ ।

यसै सन्दर्भमा  जिल्लामा बिपद व्यवस्थापनको अहिले केहीबेरमा सर्वदलीय तथा सरोकारवालाहरूको बैठक जिल्ला समन्वय समितिको हल बस्दै छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button