तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल उज्बेकिस्तानसँग ६–० को फराकिलो अन्तरमा पराजित

काठमाडौँ । एएफसी यु–२० एसियन कप छनोटमा नेपाल उज्बेकिस्तानसँग ६–० को फराकिलो अन्तरमा पराजित भएको छ । दोस्रो हारमा नेपालको छनोटको सम्भावना अत्यन्त न्युन बनेको छ ।

चाइनिज ताइपेइमा जारी छनोट अन्तर्गत बुधबार न्यु ताइपेइस्थित फु जेन क्याथोलिक युनिभर्सिटीको मैदानमा भएको खेलमा नेपालको पोस्टमा उज्बेकिस्तानले सहजै आधा दर्जन गोल गर्‍यो ।

उज्बेकिस्तानको यो लगातार दोस्रो जित हो र छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालले तीन खेलबाट मात्र ३ अङ्क बनाएको छ । नेपाल पहिलो खेलमा क्याम्बोडियासँग ४–१ ले हार्दा दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१ ले हराएको थियो । अब नेपाले समूह चरणको अन्तिम खेल शुक्रबार बहराइनसँग खेल्नेछ ।

समूह बीमा नेपाल डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडियासँग रहेको छ । सन २०२५ मा हुने एएफसी यु–२० एसियन कपमा कुल ४५ राष्ट्रको सहभागिता रहेको छ । ४५ राष्ट्रलाई दश समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता र ५ उत्कृष्ट उपविजेता यु–२० एसियन कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button