तपाईँ सुन्दै हुनुहुन्छः

दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला हुने

काठमाडौँ । दशैंमा काठमाडौँबाट घर जानका लागि यही शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच आज भएको छलफलपछि यही असोज १२ गते शनिबारदेखि बसको अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

यस्तै यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गर्ने तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने निर्णय भएको छ ।

त्यस्तै घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडबाडपछि भाडा समायोजन गर्ने सहमति भएको वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button