तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमकोट–दादिङ सडक खण्ड अवरुद्ध

रुकुमपूर्व । रुकुमपूर्वको सदरमुकाम जोड्ने रुकुमकोट दादिङ सडक खण्ड पुनः अवरुद्ध भएको छ । सोमबार राति परेको भारी वर्षाले जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ४ स्थिति सल्लेरीको पहिरो नजिकै पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।

पहिरो गएपछि वडावासी मारमा परेका छन् । जसले गर्दा सदरमुकाम आउने यातायात सेवा पनि बन्द भएको गाडी धनी विजय विश्वकर्माले जानकारी दिनुभएको छ ।

साउन ३२ गते पनि सल्लेरीको पहिरोमा पहिरो जाँदा त्यहाँ नागरिक जोखिम मोलेर यात्रा गरिरहेका छन् । गत ३२ गते गएको पहिरो नजिकै फेरि सोमबार रातिको पानीले पहिरो गएको वडा अध्यक्ष दलराज घर्तीले जानकारी दिनुभएको छ । अध्यक्ष घर्तीका अनुसार आज पहिरो गएको क्षेत्रको आफु लगायत वडा सचिव र धावन्ने प्रहरी पोस्टको प्रहरी टोलिले अनुगमन गरि मुचुल्का उडाउने काम भएको छ ।

वडा अध्यक्ष घर्तीका आफूले पहिरोका बारे गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीलाई जानकारी गराई सकेको र अध्यक्ष रेग्मीले पनि गाउँपालिकाको इन्जिनियर सहितको विज्ञ टोली गएर पहिरोको अनुगमन गरि सडक खुलाउने बताउनुभएको बताइएको छ ।

वडा अध्यक्ष घर्तीका अनुसार पहिरो ठुलो गएकाले एक्स्काभेटर सबै माटो तान्दा झनै जोखिम रहेकाले बरु सडकको तल्लो पट्टीबाट जाली सहितको वाल उठाएर सडक सुचारु गर्नुपर्ने अवस्था भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button