तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरका किसानहरू व्यावसायिक लोठसल्ला खेतीमा आकर्षित

भोजपुर । भोजपुरका किसानहरू व्यावसायिक लोठसल्ला खेतीमा जुटेका छन् । राम्रो आम्दानी हुने भएपछि किसानहरू औषधी जन्य बहुउपयोगि जडीबुटी लोठसल्लाको खेतीमा जुटेका हुन् । जिल्लाको लेकाली भेगमा यसको व्यावसायिक खेती हुँदै आएको छ ।

राम्रो आम्दानी हुने भएपछि भोजपुरका किसानहरू औषधी जन्य बहुउपयोगि जडीबुटी लोठसल्लाको खेतीमा जुटेका छन् । यहाँको आमचोक गाउँपालिका -२ मा सात जना कृषक मिलेर व्यावसायिक रुपमा लोठसल्ला खेती थालेका हुन् । बसाइसराइका कारण बाँझिदै गएको जमिनको सदुपयोग गर्ने लक्ष्यले करिब तीन सय रोपनी जमिनमा लोठसल्लाको व्यावसायिक खेती भइरहेको छ । आगामी दिनमा यसलाई थप विस्तार गर्ने उद्देश्य रहेको किसानहरूको भनाइ रहेकाे छ ।

खाली जमिन प्रयोगमा ल्याउने लक्ष्यका साथ भइरहेको खेती विस्तारको कामलाई राज्यले पनि आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको छ । यो क्षेत्रमा किसानहरुले उदाहरणीय रुपमा लोठ सल्लाको खेती गरिरहेकाले आवश्यक सहयोग गर्दै आएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । गत आर्थिक वर्षमा कार्यालयबाट बिरुवा खरिदको लागि चार लाख पाँच हजार सहयोग गरेको कार्यालयले जनाएको छ । विशेष गरेर जिल्लामा भूगोल अनुसारको जडीबुटी खेतीमा जोड दिइएको कार्यालयले जनाएकाे छ ।

लोठ सल्ला बहुउपयोगी औषधीजन्य गुण भएको वनस्पति रहेकोले यसको खेती विस्तारमा जोड दिन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरले जनाएको छ । किसानले लोठसल्ला खेतीको लागि गरिरहेको काम नमूनायोग्य रहेको समितिको भनाइ छ । यसले बाँझो तथा खाली जमिनको सदुपयोगसँगै किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्ने जनाइएको छ ।

लोठ सल्ला आमचोक गाउँपालिका, टेम्केमैयुङ -१ तिम्मा, वडा न-५ खावा, वडा न-९ लेखर्क लगायत जिल्लाको माथिल्लो भगेमा बढी सम्भावना रहेको कार्यालयको जनाएको छ । जैविक विविधतासँगै क्यान्सरजस्तो घातक रोगको औषधिको कच्चा पदार्थका रूपमा यसको पात तथा डाँठको प्रयोग हुने विज्ञहरुको भनाइ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button