तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

डडेल्धुरा । डडेल्धुरा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

आज सरोकारवाला निकायको सहभागितामा डडेलधुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएका स्वास्थ्य कार्यालयका प्रमुख केशरसिंह साउँदले जानकारी दिनुभयो ।

उहाँले नेपालमा सरकारले १३ प्रकारका खोप निःशुल्क रूपमा उपलब्ध गराउने गरेकोमा आवश्यक सबै खोप दिई वडा तथा पालिका हुँदै डडेल्धुरा जिल्लालाई ा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताउनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्काले महिला स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण भएको तर राज्य पक्षले स्वास्थ्य क्षेत्रमा आवश्यक बजेट बिनियोजन नगर्ने गरेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा हालसम्म १ सय ६ वटा खोप केन्द्रबाट खोप सेवा प्रवाह भइरहेको छ । अधिकांश खोपहरू जन्मेदेखि १५ महिनासम्म पुरा गरिसक्नुपर्ने हुन्छ । उक्त सङ्ख्या २ हजार ६ सय १ रहेको छ भने १६ देखि ५९ महिनाका बालबालिकाको सङ्ख्या ८ हजार ९२ रहेको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीका जनस्वास्थ्य अधिकृत धीरेन्द्र नाथले खोप लगाएमा बाल मृत्युदर घट्नुका साथै बालबालिकामा देखिने पुड्को पना, तथा अन्य समस्याहरू नहुने भएकाले खोप कार्यक्रममा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

डडेल्धुरा पहिलो पटक विसं २०७२ सालमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button