तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाढी पहिरोबाट हुन सक्ने क्षति न्युनिकरण, सांसदका कर्मचारीको माग सम्बोधन, भ्रष्टाचारको मुद्दामा मुख्य सचिव डा. बैकुुण्ठ अर्याल निलम्बनमा परेको, दुग्ध किसानले समयमा भुक्तानी नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसद माधव सापकोटाले वर्षायाममा बाढीपहिरो लगायतका कारण क्षति पुगेका संरचना अस्थायी रुपमा निर्माण गरिदा वर्षायाम शुरु भएसँगै आउने बाढीले पुनः बगाउने गरेको र स्थानीय समस्या खेप्न बाध्य भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद सापकोटाले २०७८ असारमा आएको बढीले मेलम्ची खेलाको पक्की पुल बगाएपछी बनाइएको अस्थायी पुल  गएराती पुनः बगाउदा ६ वटा वडाका स्थानीयलाई आवतजावतमा समस्या भएको विषयमा सरकारको ध्यानाकर्षण गर्दै स्थायी र दिगो संरचना निर्माणका लागि आग्रह गर्नुभयो ।

सांसद धनराज गुरुङले युवाहरूलाई प्रलोभनमा पारी म्यानपावर कम्पनीहरूले अवैध रुपमा विदेश पठाउने र विदेशमा अलपत्र पार्ने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

उहाँले घरेलु कामदारका रुपमा सरकारले कुवेत पठाउन रोक लगाएको भएपनि पछिल्लो ६ महिनामा १० हजार नेपाली महिलालाई गैर कानुनी रुपमा कुवेत पठाइएको भन्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

सांसद सम्झना थपलियाले सिरहा र तराईका अन्य जिल्लाहरूमा चोरी र डकैतीको घटना बढिरहेको तथा पत्र नै लेखेर डकैती गर्ने गरेको भन्दै डकैती नियन्त्रण र सुरक्षाका लागि सरकारको  ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरू मनिष झा, रामकृष्ण यादव, रमा कोइराला लगायतले बैठकको आकस्मिक समयमा मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

बैठकको शुन्य समयमा बोल्ने अधिकांश सांसदहरूले संघीय सांसदका कर्मचारीहरू आन्दोलनमा रहेकाले उनीहरूका माग सम्बोधन गर्नुपर्ने र सांसदका कामकारबाहीलाई सहज बनाउनु पर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button