तपाईँ सुन्दै हुनुहुन्छः

‘दलहरूले समाज रुपान्तरणको मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले समाज रुपान्तरणको मुद्दालाई प्राथमिकतामा राखेर हिँड्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेशले बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले नेपाली काँग्रेसले आफ्नो साङ्गठनिक कार्यलाई निरन्तरता होइन नवीनता दिन खोजेको बताउनुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमा पौडेल, बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, कमला पन्त, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवर, बागमती प्रदेशका अध्यक्ष गणेश भट्टराई लगायतका वक्ताले बालश्रम अन्त्य गर्न राजनीतिक दल, सामाजिक संघ सङ्गठनले प्रतिबद्धतासहित काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button