तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा हावाहुरीबाट पीडित ७५ घर परिवारलाई त्रिपाल वितरण

बाँके । कोहलपुर नगरपालिका वडा नं. १५ का हावाहुरीका कारण पीडित भएका ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ ।

वडा नम्बर १५ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले हावाहुरी पीडित ७५ घर परिवारलाई ८२ हजार ५ सय रुपैयाँ बराबरको त्रिपाल वितरण गरिएको जानकारी दिनुभयो ।

यही असार ५ गते एक्कासी आएको हावाहुरीका कारण १ सयभन्दा बढी घर भत्किएका छन् भने १ जनाको मृत्यु र ९ जना घाइते भएको कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिनुभयो । कोहलपुर–१४ मा सबैभन्दा बढी क्षति भएको छ भने कोहलपुर– १० मा १ जनाको घरको छानो मात्र उडाएको उहाँले बताउनुभयो।

खाद्यान्न तथा अन्य भाडाकुडा लगायतका सामाग्रीहरू आवश्यक परेको हुँदा सङ्घसंस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न अपिल गरेको नगर प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button