बन्दीपुरको केबलकार व्यावसायिक सञ्चालनमा
काठमाडौँ । तनहुँको डुम्रेदेखि बन्दीपुरसम्मको केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको छ ।
बन्दीपुर केबलकार एवं पर्यटन लिमिटेडले निर्माण गरेको केबलकार सहित अन्य संरचनाका लागि ६ अर्ब २९ करोड लगानी गर्ने योजना अनुसार पहिलो चरणमा केबलकार निर्माण गरिएको हो ।
केबलकार डुम्रेदेखि १.७ किलोमिटर लम्बाई रहेको लिमिटेडका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिनु भयो ।
परियोजना अन्तर्गत माथिल्लो स्टेसनमा होटल समेत निर्माण भइरहेको छ भने तल्लो स्टेसनका सम्पूर्ण संरचनाहरू निर्माण सम्पन्न भएका छन् । होटल निर्माणको काम नसकिएकोले केबलकारको औपचारिक उद्घाटन भने भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्