नदिमा डुबेर एक पुरुषको मृत्यु
नवलपरासी । नवलपरासी पूर्व ( नवलपुरको ) कावासोती १३ गैरी स्थित नारायणी नदीमा माछा मार्ने क्रममा एक जना पुरुषको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी वेद बहादुर पौडेलका अनुसार कावासोती –१३ का पूर्णबहादुर मुसहरको नारायणी नदीमा डुबेर मृत्यु भएको हो । माछा मार्ने क्रममा नदीमा डुबेर उहाँको मृत्यु भएको हो ।
आज दिउसो एक बजेतिरको समयमा नारायणीमा डुबेर मुसहरको मृत्यु भएको भनी स्थानीयले खबर गरे पछि प्रहरी घटनास्थलमा पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागी मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्