तपाईँ सुन्दै हुनुहुन्छः

 अछाम र दैलेख जोड्ने झोलुङ्गे पुल चुँडिएपछि १३ वटा खच्चड फसे



अछाम। अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुडिँदा १३ वटा खच्चड फसेका छन् । सोही ठाउँका जोरा सिहं रोकायाको ८ वटा र राजेन्द्र बोहराको ५ वटा खच्चड गरि जम्मा १३ वटा खच्चर उक्त पुलको बिच भागमा अड्केका हुन् ।
अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ ।
जीर्ण भएको पुलमा अछामको चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ जाँदै गरेका खच्चड फसेको जिल्ला प्रहरी कार्यलय अछामले बताएको छ ।
खच्चडको उद्वारका लागि ईलाका प्रहरी कार्यालय काँलेकाँडाका सहायक प्रहरी निरीक्षक राम सिहं फरालको कमाण्डमा ५ जनाको टोलि खटि गएको छ । साथै नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय स्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको अछाम प्रहरीले बताएको छ । । उद्धारका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली त्यसतर्फ गएको जानकारी प्राप्त भएको छ।
२०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो । पुलको दाँहिने साईटको फलामका दुईटा रसि मध्ये एउटा रसि चुडिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button