आगलागीमा परी एक जनाको मृत्यु, २ जना घाइते
बागलुङ । जिल्लाको तमानखोला गाउँपालिकास्थित वन क्षेत्रमा फैलिएको डढेलो नियन्त्रण गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
शुक्रबार बिहानदेखि फैलिएको डढेलो नियन्त्रण गर्न गएका तमानखोला गाउँपालिका–२ का ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
प्रहरीका अनुसार डढेलो नियन्त्रणका क्रममा सिल्गुमकै ३१ वर्षीय ज्ञानबहादुर बुढा र ३३ वर्षीय प्रेमबहादुर घर्ती घाइते भएका छन् । घाइते दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विजय यादवका अनुसार आगलागीमा केही घरगोठ जलेका छन् ।
प्रतिक्रिया राख्नुहोस्