चीनमा कोरोना भाइरसका कारण १ सय ७० को मृत्यु
काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १ सय ७० जनाको मृत्यु भएको छ । भाइरसबाट हालसम्म ७ हजार भन्दा बढी संक्रमित भएको चीनिया राष्ट्रिय स्वास्थ्य आयोगले बताएको छ ।
चीनिया स्वास्थ्य आयोगले एक विज्ञप्ती जारी गर्दै थप १३ हजारमा संक्रमणको आशांका गरिएको जनाएको छ ।
यसैबीच, कोरोना भाइरसको संक्रमणले ज्यान जानेको संख्या बढेसँगै विभिन्न देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लैजान थालेका छन् ।
प्रतिक्रिया राख्नुहोस्