तपाईँ सुन्दै हुनुहुन्छः

हुम्लामा हिमपात, जनजीवन कष्टकर 

सिमिकोट । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ ।

आइतबार राती सम्म सफा रहेको मौसममा हावाहुरी सुरु भए सँगै सोमबार बिहानबाट हिमपात सुरु भएको हो । 

जिल्लामा बिहानबाट हिमपात सुरु भएसँगै किसान खुसी भएका छन् । हुम्लावासीहरूले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । 

हिमपात सुरु हुनु अगावै हुम्लावासीहरू चिसो छल्न बेसी झरिसकेका छन् भने नाम्खाको लिमिवासि सहरी क्षेत्र झरिसकेका छन् । जिल्लाको हिल्सा नाका खुलेकोले व्यवसाय गर्नेहरू चाहिँ उत्तरी नाकामै रहेका छन् । हिमपातले सदरमुकाम सिमिकोट र अन्य अग्ला अग्ला डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण हुम्ला,जुम्ला,मुगु,डोल्पाका सम्पूर्ण उडानहरू समेत प्रभावित भएका छन् । टिकट लिएर बसेका यात्रुहरू विमानस्थलमा कुरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button