तपाईँ सुन्दै हुनुहुन्छः

कुस्ती प्रतियोगिता सुरु

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा हिजो बिहीबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको वडा नम्बर ११ सखुवामा कुस्ती प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगितामा नेपाल र भारतको विभिन्न ठाउँका पहलवानले ‍‍ (रेसलर)  भाग लिएका छन् । पुरुष र महिला पहलवान दुवैले आ-आफ्ना समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबार भएको खेलमा नेपाली पहलवान लक्की थापाले भारत राजस्थानका शम्शेर पहलवानलाई पराजित गरेका छन् । अन्य प्रतिस्पर्धा भारतीय पहलमानबीच भएको छ ।

प्रतियोगितामा नेपालको विभिन्न ठाउँका साथै भारतको दिल्ली, राजस्थान, बनारस, मेरठ्सहितका ठाउँबाट पहलवान आएका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन  सत्रमा बोल्दै वक्ताहरूले खेलकुद पनि विकासको अङ्ग भएकाले सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।

हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले खेलकुदको विकास गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । उहाँले पछिल्लो समयमा युवाहरू कुलतको बाटोमा लागेको भन्दै अब युवाहरूलाई सहभागी गराएर खेलकुद नियमित गर्ने बताउनु भयो  ।

नगरपालिकाले आयोजना गरेको कुस्ती प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button