तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको विशेष र शून्य समयमा सांसद्हरुले चाडपर्व नजिकिँदै गर्दा हुने गरेको कालोबजारी र महँगी नियन्त्रण गर्नुपर्ने, बझाङमा गएको भूकम्पबाट पीडित नागरिकलाई राहत तथा क्षतिपूर्ति दिलाउनुपर्ने, कानूनी, नीतिगत लगायत  सबै प्रकारका भ्रष्टाचारको अन्त्य गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले संसद्मा विधेयक प्रस्तुत गर्दा विचार गर्नुपर्ने, सजाय भोगिरहेका कैदीको आममाफी दिँदा अपराधको प्रकृति हेर्नुपर्ने, बाँकेमा भएको घटनाको सत्य तथ्य छानबिन गरी साम्प्रदायिक सहिष्णुता कायम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button