तपाईँ सुन्दै हुनुहुन्छः

अहिलेको आवश्यकता प्राविधिक शिक्षा: राष्ट्रपति भण्डारी

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जन्म गाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहु प्राविधिक’ शिक्षालयको उद्घाटन गर्नुहुँदै शिक्षालयको स्थापनाले स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताउनुभयो ।

‘‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘यो प्राविधिक शिक्षालयले यहाँको शिक्षाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।’’

राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको नाममा शिक्षालय स्थापना गरिदिनुभएको हो । दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलबाट ११ करोड ३९ लाख ७३ हजार आठ सय रुपैयाँ लागतमा शिक्षालय निर्माण गरिएको हो ।

राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफु अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण समेत गर्नुभयो ।

जन्मघर नजिकै ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उहाँका परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button