तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन आर्मी क्लब ४४ स्वर्णसहित पहिलो स्थानमा

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ४४ स्वर्ण, ३१ रजत र २४ कांस्यसहित ९९ पदक साथ पहिलो स्थानमा रहेको छ ।

पुलिस क्लब भने १९ स्वर्ण, १२ र रजत १८ कास्य गरी ४९ पदक साथ दोस्रो स्थानमा रहेको छ । त्यसै गरी अर्को विभागीय एपिएफ क्लब १४ स्वर्ण, २० रजत र २५ कास्य गरी ५९ पदकका साथ तेस्रो स्थानमा रहेको छ ।

बागमती प्रदेश ११ स्वर्ण, १९ रजत र १५ कास्य गरी ४५ पदकका साथ चौथो स्थानमा छ । गण्डकी प्रदेश ८ स्वर्ण, ६ रजत र १६ कास्य गरी ३० पदकका साथ पाचौं स्थानमा रहेको छ । एनआरएन ४ स्वर्ण, ३ रजत र ४ कांस्यसहित ११ पदकका साथ छैटौँ स्थानमा रहेको छ ।

प्रदेश १ ले २ स्वर्ण, ६ रजत र १६ कांस्यसहित २४ पदक साथ सातौँ स्थानमा रहेको छ । मधेश प्रदेश २ स्वर्ण, २ रजत र ७ कांस्यसहित ११ पदकका साथ आठौँ स्थानमा छ । लुम्बिनी प्रदेश १ स्वर्ण, ७ रजत र ८ कांस्यसहित १६ पदकका साथ नवौं स्थानमा रहेको छ । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, १ रजत र १० कांस्यसहित १२ पदक प्राप्त गरेको छ । कर्णाली प्रदेश १ स्वर्ण र २ कांस्यसहित ३ पदकका साथ पुछारमा रहेको छ ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये मनाङ, मुस्ताङ र लमजुङ बाहेकका अन्य जिल्लामा जारी प्रतियोगितामा बाँकी सहभागी टिमले पदकको खाता खोल्न सकेका छैनन् ।

कार्तिक ३ गतेसम्म जारी रहने राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् । ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button