तपाईँ सुन्दै हुनुहुन्छः

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको इआइए स्वीकृत

काठमाडौँ ।वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन ७१ किमी सडक आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गर्नुभएको छ । मन्त्री यादवले वातावरण संरक्षण ऐन, २०७६ को दफा ७ को उपदफा (५) र वातावरण संरक्षण नियमावली, २०७७ को नियम ९ को उपनियम (८) बमोजिम प्रवद्र्धक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संलग्न अनुसूचीका सर्तहरू पालना गर्नेगरी इआइए स्वीकृत गर्नुभएको हो ।

इआइए स्वीकृत नभएका कारण उक्त सडक निर्माणमा समस्या हुँदै आएको थियो । मन्त्री यादवले इआइए स्वीकृत गर्नुभएपछि अब उक्त सडक निर्माणमा सहज हुने बताइएको छ । उहाँले विभिन्न कारणले रोकिएका करिब एक दर्जनभन्दा बढी आयोजनाका इआइए स्वीकृत गर्नुभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button