तपाईँ सुन्दै हुनुहुन्छः

इलामका नवनिर्वाचित पालिका प्रमुखहरूद्वारा शपथ ग्रहण

इलाम । इलामका स्थानीय तहमा नव निर्वाचित पालिकाका प्रमुखहरूले शपथ ग्रहण गरेका छन् ।

इलाम स्थित ८ वटा स्थानीय तहका निर्वाचित पालिका प्रमुखहरूलाई शुक्रवार सदरमुकाममा मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङनामले शपथ ग्रहण गराउनुभएको हो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी इलाम नगरपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिका, माङसेवुङ गाउँपालिका र चुलाचुली गाउँपालिकाका प्रमुखहरूले शपथ लिएका हुन् ।

इलाम नगरपालिकामा नेपाली काँग्रेसका केदार थापा, देउमाई नगरपालिकामा नेकपा (एमाले)का सूर्य पोख्रेल, माई नगरपालिकामा एमालेका खम्वसिंह लिम्बु, विजयी भएका छन् ।

रोङमा काँग्रेसका मणिकुमार स्याङ्वो, सन्दकपुरमा काँग्रेसका तुलाराम गुरुङ, चुलाचुलीमा काँग्रेसकै राजेन्द्र केरुङ, माइजोगमाईमा एमालेका कुशबहादुर थेबे, फाकफोकथुममा एमालेका दीपेन्द्र खनाल र माङसेवुङमा एमालेका हेमन्त राई विजयी भएका छन् ।

यो समाचार तयार पार्दासम्म सूर्योदय नगरपालिका मतगणना सकिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button