तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठक विहान ११ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा सुरु हुनेछ ।

दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डामा छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button