भारत–नेपाल–चीन, त्रि–देशीय सडक ओझेलमा
सुर्खेत । नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक निर्माण योजना वर्षौँदेखि अन्योलमा परेको छ ।
राजनीतिक इच्छाशक्तिको अभावले सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–सुर्खेतको घाट गाउँ–गुटु– अछामको मङ्गलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो ।
सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि बजेट विनियोजन गरे पनि सुर्खेत खण्डमा अझै ट्¥याक विस्तार हुन नसकेको चौकुने गाउँपालिका गुटुका स्थानीय जनप्रतिनिधि काशीराम देवकोटाले बताउनुभयो ।
कैलालीको चिसापानी र सुर्खेतको घाट गाउँसम्म सडक निर्माण भैसकेको छ भने बाँकी सडक निर्माण हुन बाँकी छ ।
भारतलाई सडक सञ्जालबाट चीनसँग जोड्ने यो त्रि–देशीय सडक अति छोटो मार्ग हो । यो मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो ।
प्रतिक्रिया राख्नुहोस्