अस्पतालमा अभाव भएको जनशक्ति तत्काल थप गरिने: मन्त्री खतिवडा
विराटनगर । स्वास्थ्य मन्त्री विरोध खतिवडाले कोसी अस्पताललाई स्तर उन्नति गर्दै थप पाँच सय बेडमा विस्तार गर्न लागिएको बताउनुभएको छ ।
विराटनगरस्थित कोसी अस्पतालको आज निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बेडसँगै अस्पतालमा अभाव भएको जनशक्ति तत्काल थप गरिने बताउनुभयो ।
आगामी चैतसम्म सबै नेपालीलाई कोरोना खोप लगाउने सरकारको लक्ष्य पुरा हुने मन्त्री खतिवडाले बताउनुभयो ।
मन्त्री खतिवडाले अहिलेसम्म १८ वर्ष उमेर माथिकालाई खोप लगाएकोमा अब १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई पनि सरकारले खोप लगाउने तयारी गरिरहेको बताउनुभयो ।
उहाँले अमेरिकाबाट १ करोड तथा चीनबाट ६० लाख खोप ल्याउन सम्झौता भइसकेकाले सो खोप चाँडै नेपाल आउन लागेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्