संबिधान निर्माण र नेपालको आर्थिक विकासमा भरतमोहन अधिकारीको योगदान स्मरणीय : नेता नेपाल
काठमाडौँ– पूर्ब प्रधानमंत्री एवं नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालको प्रजातन्त्रिक आन्दोलनसंगै संबिधान निर्माण र नेपालको आर्थिक बिकासमा भरतमोहन अधिकारीको योगदान सदैवं स्मरणीय रहने बताउनुभएको छ ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्ब प्रधानमंत्री नेपालले आफ्नो गाउं आफै बनाऔं,बृद्धबृद्धालाई भत्ता दिने जस्ता लोकप्रिय कामको सुरुवात स्वर्गीय अधिकारीले गरेको स्मरण गर्दै उहांका कामलाई प्रेरणाका रुपमा लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
बिमतीमा पनि सहमति देख्ने नेताका रुपमा स्वर्गीय अधिकारी हुनुहुन्थ्यो भन्दै पूर्ब प्रधानमंत्री नेपालले उहांको सादगी र सरल जीवनबाट पाठ सिकेर अगाडी बढ्दा समाजमा राम्रो सन्देश प्रवाह गर्न सकिने पनि बताउनुभयो ।
कार्यक्रममा वामपन्थी नेता राधाकृष्ण मैनाली, कमल कोईराला, पुर्व मन्त्री सोमप्रसाद पाण्डे, भरतमोहन अधिकारी स्मृति फाउण्डेशनका अध्यक्ष एवं स्वर्गीय अधिकारीकी धर्मपत्नी ओमकुमारी(सबिता) अधिकारी लगायतका वक्ताले स्वर्गीय भरतमोहन अधिकारीलाई मिलनसार, ईमान्दार र गरीबप्रति बढी उदारता देखाउने नेताका रुपमा स्मरण गर्नुभयो ।
बक्ताहरुले स्वर्गीय अधिकारीको सादा जीवनशैलीबाट पाठ सिकेर अगाडी बढ्नसके बेलाबखत हुनेगरेका बिभिन्नका प्रकारका आलोचनासमेत कसैले खेप्ननपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्