हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।विभागले देशमा पश्मिी बायुको प्रभाव रहेको जनाएको छ ।
हेर्नुस् विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिन :
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७७-०८-३०, बिहान ०६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशको तराईका अधिकांश भू-भागमा कुहिरो / हुस्सु लागेको अवस्था छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ३० गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष १ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २ गते (बिहिबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।
प्रतिक्रिया राख्नुहोस्