तपाईँ सुन्दै हुनुहुन्छः

विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन सक्दैन : मन्त्री यादव

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकका समस्या सरकार समक्ष र सरकारका गतिविधि नागरिकसम्म पुर्‍याउन रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आजदेखि वीरगञ्जबाट नियमित प्रसारण शुरु गरेको रेडियो सीमाञ्चल ९५.१ मेगाहर्जको उद्घाटन गर्दै मन्त्री यादवले विपद्को समयमा रेडियोहरूले खेलेको भूमिका राज्यले बिर्सन नसक्ने बताउनुभयो ।

उहाँले रेडियोहरूले तल्लो वर्गका आवाजहरूलाई उठाएर सरकार समक्ष पुर्‍याउने गरेको हुँदा रेडियोको संरक्षण र संवर्द्धनका लागि राज्यको समेत भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

मन्त्री यादवले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप नगर्ने भन्दै हरेक आन्दोलन सञ्चार माध्यमकै सहयोगले सफल भएको र सञ्चार माध्यममाथि सरकारले अङ्कुश लगाउने काम कहिल्यै नगर्ने दाबी गर्नुभयो ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सञ्चार माध्यमहरूले आग्रह पूर्वाग्रहबाट प्रेरित नभइ जनताको विश्वास जितेर समाजको वास्तविकता बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश महासचिव श्याम बञ्जरा, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुबोध गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button