तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरा जेसिजले सर्वाधिक धनराशिको भलिबलको आयोजना गर्ने

डडेल्धुरा । डडेल्धुरा जेसिज २०२४ ले सर्वाधिक धनराशिको खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

शनिबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै डडेल्धुरा जेसिजले सप्ताह कार्यक्रमसँगै मुख्य प्रतियोगिता भलिबलको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

डडेल्धुरा जेसिजको आयोजनामा मङ्सिर १ गतेदेखि मङ्सिर ८ गतेसम्म जेसिज सप्ताह कार्यक्रमको अवसर पारेर खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको जेसिज वर्ष २०२४ का अध्यक्ष लक्ष्मीकुमारी ऐरले जानकारी दिनुभयो ।

मङ्सिर ६ गतेदेखि ८ गतेसम्म हुने प्रतियोगिता डडेल्धुरा बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ । प्रतियोगितामा नेपालभरिका खेलाडी सहभागी हुन पाइनेछन् ।

प्रतियोगितामा प्रथम पुरस्कार ५५ हजार ५ सय ५५, ट्रफि, मेडल तथा प्रमाणपत्र रहेको छ । यस्तै, द्वितीय पुरस्कार २५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १५ हजार ५ सय ५५ सहित मेडल तथा प्रमाणपत्र रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button