तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा भूमि लोक उत्सव शुरु  

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण शुरु भएको छ । 

भूमि फाउन्डेसनको आयोजनामा शुरु भएको भूमि उत्सवमा मिथिलाको लोप हुन थालेको गीत, सङ्गीत तथा वाद्यवादनको धुन सहितका गीतसङ्गीत तथा नृत्य प्रदर्शन हुने क्रम जारी छ ।

oplus_2

फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मिथिलाका चर्चित कलाकार सहभागी छन् । नेपाल भारतका प्रसिद्ध कलाकार सहभागी रहेको सो कार्यक्रम जनकपुरधामको ऐतिहासिक महत्वको तीरहुतियागाछीमा भइरहेको छ ।   

मिथिलाको लोक गीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरेको आयोजकले जनाएको छ । उत्सवमा एक दर्जनभन्दा बढी समूहहरूले प्रस्तुति दिने कार्यक्रम भइरहेको छ ।  

oplus_2

६५ भन्दा बढी देश र विदेशका विभिन्न भागबाट आएका कलाकारहरू सहभागी रहेको सो कार्यक्रम अबेर साँझसम्म चल्ने छ । 

कार्यक्रममा मधेश प्रदेश सरकारका उच्च अधिकारीहरू, मिथिला तथा यसका संस्कृति प्रति विशेष लगाव राख्ने व्यक्ति, साहित्यकार एवं स्रष्टाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button