तपाईँ सुन्दै हुनुहुन्छः

इन्डोनेसियाबाट १५०भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार: राष्ट्रसङ्घ

इन्डोनेसिया । इन्डोनेसियाबाट अधिकांश महिला तथा बालबालिका सहित १५० जना भन्दा बढी रोहिंग्या शरणार्थीको उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले शुक्रबार जनाएको छ । एजेन्सीका अनुसार उनीहरू चढेको डुङ्गा समुद्रमा केही दिन देखि फसेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो । 

मुस्लिम समुदाय निकट रोहिंग्याहरू म्यानमामा पीडित भएकाले हरेक वर्ष हजारौँको सङ्ख्यामा मलेसिया इन्डोनेसियालगायतका देशमा पुग्नका लागि खतरापूर्ण समुद्री यात्रा गर्ने गर्छन् ।

करिब १५२ जना यात्रु बोकेको डुङ्गा दक्षिण आचेह जिल्लाको तटबाट एक माइल टाढा केही दिनसम्म रोकिएको थियो ।  केही दिन पछि अधिकारीहरूले उनीहरूलाई अवतरण गर्न दिने निर्णय गरेसँगै अन्ततः   बिहीबार दिउँसो उनीहरूलाई किनारमा ल्याइएको हो ।

मानव जीवन बचाउने प्रयासका साथै करिब  शरणार्थीलाई अवतरण अनुमति दिएकोमा युएनएचसीआर अधिकारी र स्थानीय समुदायलाई युएनएचसीआरका फैसल रहमानले धन्यवाद दिनु भएको छ ।  उहाँका अनुसार शरणार्थी मध्येका धेरै जना कमजोर महिला तथा बालबालिका थिए जो मानव बेचबिखनको सिकार भएका थिए । 

इन्डोनेसिया राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षर कर्ता नभएकाले म्यानमाबाट शरणार्थीहरू लिन बाध्य नभए नि छिमेकी देशहरूको  बोझ बाँड्न र किनारमा आइपुगेका रोहिंग्याहरूलाई पुनः स्थापित गरी मानवीयता रक्षा गर्न आह्वान गरिएको छ । रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button