तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा एक दम्पतीको शव फेला, हत्या आशङ्का

कञ्चनपुर । कञ्चनपुरको लालझाडीमा एक दम्पतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । लालझाडी गाउँपालिका वडा नम्बर १ बिनवारी बस्ने ४६ वर्षीय रमेश वडायक (रामेश्वर) र उहाँकी पत्नी ४३ वर्षीया कमला वडायकको हत्या गरिएको अवस्थामा शव फेला परेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश जोशीले जानकारी दिनुभयो । शुक्रबार बिहान राना दम्पतीको शव आगनमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button