तपाईँ सुन्दै हुनुहुन्छः

डेङ्गी नियन्त्रणको प्रयास: रेडियो नेपालमा सरसफाइ अभियान  

काठमाडौँ । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गरेको छ ।


हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको थियो ।

आजै बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सम्पूर्ण मन्त्रालयहरूमा पनि सरसफाई अभियान सञ्चालन गरियो ।

सरकारको सो निर्णय अनुसार रेडियो नेपाल केन्द्रीय कार्यालय सिंहदरबार परिसरमा पनि सरसफाई अभियान सम्पन्न गरियो ।
सरसफाईमा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामासहित कर्मचारीहरू सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button