तपाईँ सुन्दै हुनुहुन्छः

दाङमा नदीमा डुबेर तीन बालिकाको मृत्यु

दाङ । दाङको लमही नगरपालिका-२ रनियाँपुरका तीन जना बालिकाहरूको राप्ती नदिमा डुबेर ज्यान गएको छ । लमही नगरपालिका -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका-५ लमही गल्ली बस्ने वर्ष १२ कि कृष्टी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले जानकारी दिनुभयो ।

मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन ।

दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button