तपाईँ सुन्दै हुनुहुन्छः

करुणा फाउण्डेशनद्वारा प्रदेशको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा १० लाख रुपैयाँ सहयोग

विराटनगर । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको छ ।

कोशी प्रदेश सरकारले गत असोज १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुन निर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेशनले १० लाख रुपैयाँ सहयोग गरेको हो ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक कार्यक्रमका बीच करुणा फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

बाढी, पहिरो तथा डुबानले भएको क्षतिको दूर्त गतिमा पुनःनिर्माण गर्न आवश्यक रहेको कारण सहयोग गरिएको करुणा फाउण्डेशनले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले चेक बुझ्दै पुनःनिर्माण तथा मर्मतसम्भारका लागि फाउन्डेसनले सहयोग गरेर सुरुवात गरेकोमा धन्यवाद दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सबै क्षेत्रलाई कोषमा सहयोग गर्न समेत आग्रह गर्नुहुँदै यो कोषले प्रदेशको पुनर्निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने उहाँले बताउनुभयो ।

करुणा फाउण्डेशनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोशी प्रदेशका स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धि काम गर्दै आएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र प्रमुख सचिव केदारनाथ शर्मासमेत सहभागी हुनुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button