तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बाजुरा । बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित भुकाखोला नजिकै मोटरसाइकल दुर्घटना हुँदा सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर ८ मुम्रा कालिकोटका स्थानीय मोटरसाइकल चालक वर्ष २९ का खेमराज बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ४ नाराकोटका स्थानीय ३७ वर्षीय खडक भण्डारी गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलप गिरीले बताउनुभयो।

कालिकोटबाट बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डि आउने क्रममा कर्णाली प्रदेश ४८१ नम्बरको मोटरसाइकल जगन्नाथ गाउँपालिकाको भुका खोला नजिकै करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रमुख गिरीले जानकारी दिनुभयो ।

घाइते भण्डारीको जगन्नाथ गाउँपालिकास्थित दश शैया अस्पतालमा उपचार भइरहेको छ । मृतकको शवलाई कालिकोट पठाइएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जगन्नाथको जुड्डी प्रहरी चौकी प्रमुख गजाधर महराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button