तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिँदै गर्दा सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह पक्राउ 

बारा। अख्तियार अनुसन्धानको कार्यालय हेटौडाको टोलीले सिम्रौनगढ नगरपालिकाका  निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र साहलाई ७८ हजार घुस सहित पक्राउ गर्नुभएको छ । 

 अख्तियारको कार्यालय हेटौडाबाट आएको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर-४ स्थित रहेको कार्यालय प्रमुख बस्ने निवासबाट  घुसको सो रकम लेनदेन गरिरहेको अवस्थामा नै रंगेहात  पक्राउ गरिएको अख्तियारको कार्यालय  हेटौडाका सूचना अधिकारी गोविन्द गौतमले जानकारी दिनुभयो । 

पालिकाको खाजा खाएको एक होटेलको भुक्तानी गरिदिनका लागि रु ८०  हजार घुस मागेको पीडितको निवेदन अनुसार नै साहलाई पक्राउ गरिएको  अख्तियारका प्रवक्ता गौतमले भन्नुभयो । जननिर्वाचित प्रतिनिधि , सञ्चारकर्मी सहितको रहाेबरमा  मुचुल्का  पुरा गर्ने काम भई पक्राउ परेका निमित्त प्रशासकीय अधिकृत साहलाई हेटौडा ल्याउने काम भइरहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 

दिउसो १ बजेको समयमा पैसा लिएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिन गएको बेलामा पक्राउ गरिएको थियो प्रवक्ता गौतमले बताउनुभयो ।  पक्राउ पेका निमित्त प्रमुख प्रशासकीय अधिकृतका बारेमा थप अनुसन्धान भइरहेको अख्तियारका प्रमुख उमाकान्त आचार्यले जानकारी दिनुभयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button